सत्ताको नजिक रहेका मान्छेहरुलाई अख्तियारले मुद्दा दर्ता गरेन : काँग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा सत्ताका नजिक भएकालाई मुद्दा दर्ता नगरिएको भन्दै आपत्ति जनाएको छ ।

राष्ट्रियसभामा सोमबार बोल्दै विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले सत्ताको लालझण्डा बोकेपछि उन्मुक्ति दिइएको बताउनुभयो । ‘एउटै प्रकृतिका मुद्दामा कसैलाई मुद्दा लाग्ने, कसैलाई छानविनको दायरामा ल्याउने, तर कसैलाई उन्मुक्ति दिने?’ पाण्डेले प्रश्न गर्नुभयो ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा दर्ता गरेको छ । उहाँ मन्त्री रहेका बेलाका प्रधानमन्त्री माधवकुमार नेपाललाई भने मुद्दा लगाएको छैन ।

‘सत्ताको लालझण्डा बोकेपछि उन्मुक्ति पाउने, विपक्षमा बस्नेहरू छानीछानी फस्नुपर्ने परिस्थिति सिर्जना गर्न खोजिँदैछ,’ उहाँले भन्नुभयो । उहाँले अख्तियारलाई सरकारको कठपुतली नहुन सचेत गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्