मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्न सकेन, भोली बिहान बैठक फेरी बस्ने

काठमाडाैँ – नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

नियमित रूपमा सोमबार दिउँसो बसेको बैठकले आइजिपी छान्न नसकेपछि भोलि बिहान फेरि मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले जानकारी दिनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि माघ २८ गते सकिँदैछ ।

खनालसँगै उहाँको व्याचका एआइजिपीहरू पनि अवकाशमा जाने भएकाले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्नेछ ।

डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय प्रमुख रूपमा महानिरीक्षकको दौडमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्