नीजि तथा साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले नीजि तथा साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु गरेको छ ।

समितिको सोमवार बसेको बैठकले सो विधेयकहरुमाथि दफावार छलफल शुरु गरेको हो । समितिले कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई समेत बोलाएर सो सम्बन्धी विधेयकहरुलाई दफावार छलफल गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीजि व्यवसाय दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ प्रदेशसभामा पेश गरेपछि सभाले दफावार छलफलका लागि समितिमा पठाएको छ ।

समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा दफावार छलफल गरी आवश्यक संशोधन सहितको प्रतिवेदन सभामा पेश गरिने बताउनुभयो । छलफलमा अर्थ समितिका सदस्य प्रदेश सांसद्हरु र उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्