क्रिकेट खेलाडीले प्रतिखेल ५ हजार रुपैयाँ पारिश्रमिक पाउने

एक दिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने खेलाडीले प्रतिखेल ५ हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को मङ्गलबार बसेको कार्यसमितिको बैठकले प्रत्येक खेलाडीले प्रतिखेल खेले बापत ५ हजार रुपैयाँ पारिश्रमिक पाउने निर्णय गरेको हो । सन् २०२० को जनवरीदेखि लागू हुने गरी यो पारिश्रमिक दिइने क्यानले जनाएको छ । यसअघि नेपाली खेलाडीले खेले बापत पारिश्रमिक पाउने गरेका थिएनन् ।
यसैगरी राष्ट्रिय क्रिकेट टोलीको खेलाडीको वर्गीकरण गर्नका लागि समिति गठन गरिएको छ । खेलाडी वर्गाीकरणका लागि क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।
यो समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणीमा विभाजन गरी क्यानलाई सूची बुझाउने छ । समितिले महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरी क्यान समक्ष सूची पेस गर्नेछ ।
यसरी श्रेणीबद्ध गरिएका खेलाडीले वर्गीकरण गरिएअनुसार पारिश्रमिक पाउनेछन् । यसअघि पुरुष खेलाडीले मात्र पारिश्रमिक पाउँदै आएका थिए । आउँदो चैत तेस्रो साता पुरुष सिनियर एकदिवसीय प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्