कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्याे

कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । पछिल्लो एक दिनमा १ सय ३ जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार १६ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । ज्यान गुमाउनेमध्ये १ हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् । यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएको छ । भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा मात्रै नौ सय ७४ जनाको ज्यान गएको छ भने ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली सोमबार चीन पुगेको छ । अन्तराष्ट्रियस्तरका विज्ञहरुसहितको टोलीले मङ्गलबारदेखि उपचार, रोकथामका उपायहरुको काम थाल्ने सीएनएनले जनाएको छ । चीनले सन् २००२–०३ को सार्स भाइरसको महामारीपछि अहिले कोरोना भाइरसका कारण स्वास्थ्य सङ्कट ब्यहोरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्