दैलेखमा बिगत चार महिनादेखि भइरहेको पेट्रोलियम अन्वेषणको ८० प्रतिशत काम सकियो

दैलेखमा बिगत चार महिनादेखि भइरहेको पेट्रोलियम अन्वेषको निकै महत्वपूर्ण मानिएको सेस्मिक सर्वे अन्तिम चरणमा पुगेको छ । जमिन भित्रको पेट्रोलियम पदार्थ भण्डारणको अवस्था बिश्लेषण गर्ने सेस्मिक सर्वेको काम अहिले ८० प्रतिशत सम्पन्न भएको छ । अन्वेषण कार्यको औपचारिक शुरुवात तत्कालिन उद्योग मन्त्री मात्रीका यादवले दैलेखको नाभिस्थानबाट गर्नुभएको थियो । दैलेखको पूर्व पश्चिम र उत्तर दक्षिणका बिभिन्न भू–भागहरुमा करिव २०० किलोमिटर क्षेत्र समेटेर १० स्थानहरुमा गरिएको सेस्मिक सर्वेका ७ वटा स्थानको काम सम्पन्न भैसकेको र सवैको सूचना संकलन गर्ने कार्य भैसकेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा.गणेशनाथ त्रिपाठीले जानकारी दिनुभएको छ ।

सेस्मिक सर्वे सकिएपछि यसको अध्ययनका लागि तीन महिनाको समय लाग्ने र त्यसको तीन महिना पछि धेरै संभावना भएको मुख्य भण्डारणको क्षेत्रमा पुनः करिव ४ किलोमिटर जमिन मुनिको भू भागमा मुख्य ड्रिलिङ्ग गरिनेछ । त्यसपछि भने कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने डा त्रिपाठीको भनाई छ । सर्भेको काम एउटा लाइनमा ४०० बर्ग्किमी भूभाग समेटेर भैरहेको छ । दैलेखको पश्चिम भू भागमा गरिएको सेस्मिक सर्वेका लागि दुल्लू नगरपालिकामा क्याम निर्माण गरेर विज्ञहरुको समूह बसेको छ । सम्वृद्ध मुलुक निर्माणमा प्रधानमन्त्री के.पि. शर्मा ओलीले चाल्नुभएको यो कदको दैलेखी जनता र जनप्रतिनिधिहरुले स्वागत गरेको प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले जानकारी दिनुभएको छ । अन्वेषणको प्रक्रिया शुरु हुँदै गर्दा चिनियाँ प्राबिधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकोले दैलेखको भू भागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुन सक्ने संभावना बढ्दै गएको छ । अन्वेषण कार्य सफल भए बर्तमान सरकारले शुरु गरेको सुखी नेपाली र सम्वृद्ध नेपालको परिकल्पना पुरा हुने आशा गरिएको छ ।

श्राेत : नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्