पुर्वमन्त्री बडूले पठाएकाे स्वास्थ्य सामाग्री मेयर धामीद्वारा गाेकुलेश्वर अस्पताललाई हस्तान्तरण

दार्चुला – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले पठाएकाे अक्सिजन कन्सट्रेटर गाेकुलेश्वर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
बिहीबार शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले एक कार्यक्रमका बीच अस्पताल प्रशासनलाई साे सामाग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट, प्रवक्ता माधव भट्ट, स्वास्थ्य संयाेजक चक्र कार्की लगायतकाे उपस्थिति रहेको थियाे । यस्तै नेपाली कांग्रेसका कार्यकर्ताहरू उपस्थित रहेकाे थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्