बेदकोटमा बाढीले क्षति पुर्‍याएको स्थानको स्थलगत अनुगमन गर्दै मेयर चन्द

कञ्चनपुर संवाददाता

अविरल बर्षासँगै आएको बाढीले कञ्चनपुरका विभिन्न नदी आसपासका क्षेत्रहरुमा क्षति पुर्‍याएको छ । यसैगरी बेदकोट नगरपालिकाभित्र पनि चौधर नदी लगायत अन्य स–सना नदीहरुमा आएको बाढीले नदी आसपास क्षति पुर्‍याउनुका साथै वस्तीहरुमा समेत पानी पसेको थियो । नगरवासीले भोग्नुपरेको सास्ती तथा क्षतिको यथार्थ विवरण बुझ्न सनिवार नगर प्रमुख अशोक कुमार चन्द स्वयम स्थलगत अनुगमनमा जानुभएको हो । नगरवासीहरुसँग क्षतिको विवरण लिदैँ आवश्यकता अनुसार क्षतिपूर्तिका साथै नदीले क्षति पुगाएको ठाउँमा तटबन्धका कार्यक्रमलाई प्राथमिकताका आधारमा अघि बढाउने समेत नगर प्रमुख चन्दले बताउनुभयो ।

विगतदेखि नै नदी कटानका समस्या भोग्दै आइरहेको बेदकोट नगरपालिकाले यसलाई नियन्त्रण गर्न थुप्रै प्रयास गरेतापनि अझै नियन्त्रण हुन सकेको छैन । विगतका बर्षहरुभन्दा केहि मात्रामा कमी आएतापनि अझै नदी नियन्त्रण तथा कटान जोखिमका लागि पहल गर्नुपर्ने र सकेसम्म नगरका योजनाहरुमा पनि समेट्ने प्रमुख चन्दले बताउनुभयो ।

संघीय सरकार तथा प्रदेश सरकारको समेत ध्यानाकर्षण गराउने र नगरका योजनाहरुमा समेत नदी नियन्त्रणलाई समेट्दै लैजाने समेत नगर प्रमुख चन्दले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्