आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने

FILE PHOTO

सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए ।

यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ आगामी आर्थिक वर्षमा तीनवटा सुरुङमार्ग निर्माण कार्यले गति लिने बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्