अस्पतालको शैय्याबाट नै भर्चुअल बैठकमा सहभागी भई कर्मचारीको मनोबल बढाउदै अध्यक्ष धामी

दार्चुला – नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामी अस्पतालको शैय्या बाट नै गाउँपालिकाका कर्मचारीहरूसँग निरन्तर छलफलमा जुटेका छन् । उनी गाउँपालिकामा उपस्थित हुन नसकेपनि भर्चुअल बैठकको माध्यमबाट गाउँपालिकाका कर्मचारीहरूसँग निरन्तर छलफल गरि कामकारवाहि अगाडि बढाएका छन् । कोरोना परीक्षण गर्न गाउँमै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको अध्यक्ष धामीले जानकारी दिए । उनका अनुसार भर्चुअल बैठकको माध्यमबाट नै आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम र बजेटको विषयमा समेत निरन्तर छलफल भईरहेको छ ।

करिब एक महिना अगाडि कोरोना संक्रमित भएका अध्यक्ष धामी माठमाडौको ग्रान्डि अस्पतालमा उपचार गराई निको भएका छन् । यद्यपि डाक्टरहरूको सल्लाह अनुसार उनी केही दिन डाक्टरहरूकै निगरानिमा बस्नेछन् । अध्यक्ष धामीलाई कोरोना सँगै निमोनिया समेत भएको थियो । अध्यक्ष धामी मृगौलाको समस्याबाट समेत पिडित हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्