लाइन्स क्लब महेन्द्रनगर, झलारीद्वारा महाकाली अस्पताललाई रु. १ लाख २० हजारको चेक हस्तान्तरण

महेन्द्रनगर – कोरोना महामारीको दोस्रो लहरका कारण देशैभर अक्सिजन अभाव भएसँगै सुदूरपश्चिमका सबै अस्पतालहरुमा अक्सिजनको चरम अभाव रहेको छ त्यसैले महाकाली अञ्चल अस्पतालले दैनिक २०० अक्सिजन सिलिन्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट बनाउने योजना बनाएको छ।

डेढदेखि दुई करोड लाग्ने सो परियोजनामा आफ्नो तर्फबाट केही सहयोग होस् भनेर लायन्स क्लब ३२५ बि टु का डिष्ट्रिक एडभाइजर लायन बसन्तराज पाण्डेको संयोजनमा नेपाली मूल घर भई हालः अमेरिकास्थित लुम्विनी लाइन्स क्लब र एभरेष्ट सेन्चुरियल लाइन्स क्लबले संयुक्त रुपमा १००० अमेरिकी डलर सहयोग गरेको थियो उक्त सहयोग रकममा लाइन्स क्लब अफ महेन्द्रनगर, झलारीले रु. ६ हजार थप गरेर रु. एक लाख २० हजारको चेक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशीलाई हस्तान्तरण गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक सिनियर एडभाइजर भोजराज पन्तको पनि सहभागिता रहेको थियो । चेक हस्तान्तरणपछि क्लबका अध्यक्ष के.पी.पाण्डेले उक्त रकमको समयमै सही सदुपयोग होस् र छिट्टै अक्सिजन प्लान्ट जडान भई महेन्द्रनरनगरबासीले अन्य ठाउँमा गएर अक्सिजन सिलिन्डर भर्ने झन्झटबाट मुक्ति होस् भनेर यो सहयोग गरेको बताउनुभयो । त्यस्तै अस्पतालका अध्यक्ष जोशीले यो परियोजनाका लागि धेरै संघसंस्था तथा मनकारी व्यक्तिले सहयोग गरेको बताउदै केही दिनमै पत्रकार सम्मेलन गरी सम्पूर्ण कुराको पारदर्शि तरिकाले सार्वजनिक गर्ने आश्वासन समेत दिनुभयो । साथै उहाँले समस्त सहयोगीहरुलाइ धन्यवाद समेत दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्