नगरपालिकामा आइसोलेसन बनाउन शुक्लाफाँटा युथ नेटवर्कको माग

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना रोकथाम तथा न्युनीकरणमा लागि रहेको युवा सञ्जाल शुक्लाफाँटा युथ नेटवर्कले नगरपालिकामा आइसोलेसन बनाउनुपर्ने माग गरेको छ । शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमित राख्नका लागि अहिले एउटा पनि आइसोलेसन नभएको गुनासो गर्दै शुक्लाफाँटा युथ नेटवर्कले शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर संग नगरपालिकामा आइसोलेसन बनाउनुपर्ने माग गरेको हो ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरले भने बिहीबार शुक्लाफाटा युथ नेटवर्कसंग कुराकानी गर्दै आइसोलेशन निर्माण भन्दा पनि नगरको कोभिड अस्थायी अस्पताल लाई नै थप प्रभावकारी बनाउने तर्फ आफुहरुको ध्यान रहेको बताउनुभयो । यद्यपी नगरप्रमुख ऐरले नगरपालिकामा आइसोलेसन बनाउनुपर्ने शुक्लाफाँटा युथ नेटवर्कको मागका बिषयमा क्याबिनेटमा छलफल गरेर निर्णय गर्ने प्रयास गर्ने आश्वासन दिनुभएको छ । मान्छे अक्शीजन नपाएर मरिरहेको अवस्थामा नगरपालिकाले आइसोलेशन बनाउने कार्यसम्म पनि नगरेकाले शुक्लाफाँटा युथ नेटवर्कका संयोजक हरिश धामीले आइसोलेशन निर्माणमा नगरपालिकाको ध्यानाकर्षण गराउदै आका्रेश समेत ब्यक्त गर्नुभयो ।

साथै आइसोलेशन निर्माण र कोरोना रोकथाम तथा न्युनीकरणका बिषयमा आफुहरुले साथ दिने समेत शुक्लाफाटा युथ नेटवर्कका संयोजक धामीले बताउनुभयो । जवाफमा कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरले आफुहरु कोरोना रोकथाम तथा न्युनीकरका लागि लागि परेको र यसमा शुक्लाफाटा नगरपालिकाका युवाहरुले नगरप्रमुख समक्ष आइसोलेशन निर्माण लगायतका मागहरु राख्नुलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । पछिल्लो समय कोरोना रोकथाम तथा न्युनीकरणमा शुक्लाफाँटा युथ नेटवर्क तथा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका युवाहरु सक्रिय रुपमा लागि परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्