रेम्डेसिभिर औषधि आवश्यक परे यी नम्बरहरुमा कल गर्न सकिन्छ

काठमाडौँ – कोरोनाभाइरस संक्रमितका लागि आवश्यक परे रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिसँग लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचय पत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न सकिने बताएका छन् ।

मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा. अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने भनिएको छ ।

हेल्थकेयरबाट प्रतिरेम्डेसिभिर रु ४ हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्