देशभरको मौसम बद्ली, काठमाडौँ उपत्यका सहित यी ठाउँमा बर्षाको सम्भावना

काठमाण्डौ – देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मती प्रदेश सहित प्रदेश एक र दुईमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि पानी परेको छ । पश्चिमबाट विकास भएको मौसमी प्रणाली फैलिएर पानी परेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जन÷चट्याङसहित पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एकका साथै अरु पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ । भोलिदेखि मौसममा सुधार हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्