अक्सिजनको चरम अभाव : मध्यपुर अस्पतालले कोरोनाका विरामीको उपचार नगर्ने

भक्तपुर – मध्यपुरथिमिमा रहेको मध्यपुर अस्पतालले विरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालले अक्सिजन सकिएकोले अब कोरोनाका बिरामीको उपचार नगर्ने जनाएको हो । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोरोनाका नयाँ बिरामी भर्ना नलिने बताइन् ।

अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोरोना र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी विज्ञप्ति मार्फत दिइएको हो ।

अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्