इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने पक्का

काठमाण्डौ – म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने पक्का भएको छ ।

गएराति भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेसँगै सिटीले उपाधि जित्ने पक्का भएको हो । दोस्रो स्थानमा रहेको युनाइटेडलाई तेस्रो स्थानमा रहेको लेस्टर सिटीले २–१ गोलले पराजित गरेको हो ।

गएराति भएको खेलसँगै म्यानचेस्टर सिटी र म्यानचेस्ट युनाईटेडबीच १० अंकको अन्तर भएको छ । सिटी ८० अंकसहित शीर्ष स्थानमा रहेको छ भने युनाईटेड ७० अंकसहित दोस्रो र सिटी ६६ अंकसहित तेस्रो स्थानमा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्