सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लाका अस्पतालका भेन्टिलेटर फिर्ता मागेको समाचारप्रति मौलिक जरोकिलो पार्टी, सुदूरपश्चिम प्रदेशको गम्भीर ध्यानाकर्षण

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लाका अस्पतालमा सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको समाचारप्रति मौलिक जरोकिलो पार्टी, सुदूरपश्चिम प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।

कोरोना संक्रमणको महाव्याधी अघि पर्याप्त तयारी गर्नुपर्ने बेलामा कुर्सीको लुछाचुंडी समय खेर फाल्ने र समय घर्किसकेपछि प्रयोगमा नआएको भन्दै भेन्टिलेटर जस्तो संवेदनशील स्वास्थ्य सामग्री फिर्ता माग्नु दुर्गम क्षेत्रका जनतामाथि अन्याय गरेको पार्टीको ठहर छ ।

’ कोरोना संक्रमण समुदायमा फैलिदै गएको हुँदा अत्यावश्यक जनशक्ति र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्नुपर्नेमा उल्टै भेन्टिलेटर फिर्ता लैजानु मुर्खतापूर्ण कार्य हुनजान्छ । ’ पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले भने ।

जिल्ला अस्पतालहरूबाट भेन्टिलेटर फिर्ता लिने निर्णय तत्काल सच्याउँदै आवश्यक जनशक्तिको व्यवस्था गर्न मौलिक जरोकिलो पार्टी, सुदूरपश्चिम प्रदेश सरकारसंग जोडदार माग गर्दछ । प्रदेश सचिव सावित्री गरीद्वार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्