अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री ओलीलाई नेता नेपालको चेतावनी

काठमाडौँ – नेकपा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । नेता नेपालले गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका हुन् ।

अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने नेपालको अडान छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै ओलीको ध्यानाकर्षण गराएका हुन् । उनले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने पनि औंल्याएका छन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु ।’

प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्