प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्