अमरगढीमा प्रमुख, उपप्रमुखले चढ्ने गाडीलाई एम्बुलेन्स, फोहर बोक्ने ट्रिपरलाई शव वहान

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्दै आएको एउटा गाडीलाई एम्बुलेन्स र फोहर बोक्ने टिप्परलाई शव–वहानका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ को दोस्रो लहरको रुपमा देखापरेको भेरियन्टबाट अमरगढी समेत अछुतो नरहेको भन्दै नगरवासीहरुको समस्यालाई मध्यनजर गर्दै जनप्रतिनिधिले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको प्रमुख विश्वेश्वर प्रसाद ओझा (विपिन) ले बताउनुभयो ।
विरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्सको समस्या हुन थालेपछि आफुहरुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
से १ झ २३९ नम्बरको बोलेरो जीपलाई बिहीबारदेखि एम्बुलेन्सका रुपमा प्रयोग गरिएको छ ।
ग्रामीण क्षेत्रमा बसोवास भएका संक्रमितमध्ये कतिपयको स्वास्थ्य अवस्था अप्ठ्यारो भएर तुरुन्तै अस्पतालमा ल्याउनु परिरहेको अवस्था छ । उक्त गाडीमा सिट, चालक सुरक्षित राख्ने प्रबन्ध र अक्सिजन सिलिन्डर व्यवस्थापनको लागि मोडेल तयार गरिदैछ ।
बुधबारसम्म अमरगढी नगरपालिकामा १ सय ४१ जना संक्रमितहरु रहेको नगरपालिकाले जनाएको छ । यस्तै, नगरपालिका क्षेत्रभित्र फोहर उठाउन प्रयोग गर्ने गरिएको टिपरलाई नगरपालिकाले शव–वाहनका रुपमा प्रयोग गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्