नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलायो, यी विषयमा हुनेछ छलफल

काठमाडौँ – नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको माओवादीले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने रणनीति भएपछि माओवादी केन्द्रले बैठक बोलाएको बुझिएको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेर ओलीको विश्वासको मत दिने निर्णयबारे छलफल गरेका थिए ।

देउवाले २ बजेबाट पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक विषयमा छलफल थालेका छन् । यता प्रचण्डले पनि स्थायी समिति बैठक बोलाएका हुन् । काँग्रेस र माओवादी केन्द्रको बैठकलाई महत्वका साथ हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्