केहि दिनमै बाजुरा जिल्लामा पिसीआर मेसिन जडान हुने

बाजुरा जिल्लाको लागि संघीय सांसद लाल बहादुर थापाको पहलमा पिसिआर मेसीन आउने भएको छ । सुदुरपश्चिमको अति बिकटको रुपमा रहेको बाजुरा जिल्लाको लागी भनेर प्रतिनिधि सभा सदस्य लालबहादुर थापाको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी आफ्नो गृह जिल्ला बाजुराको लागि एक थान रियलटाइम पिसिआर मेसिन, तीन सय थान एन्टीजेनकिट, १५०० थान माक्स, ५० सेनीटाइजर बोतल, ५ थान आरआर थर्मोमिटर सहित उपलब्ध गराएको थापाका स्वकीय सचिब सुरेस रोकायाले बताएकाछन् ।

उक्त सामाग्रीहरु केहीदनिमै बाजुरा पठाउने तयारी भएकोछ भने पीपइ सेट माक्स पन्जा लगायतको सामाग्रीहरु भने प्रदेश कार्यालय धनगढीको स्टोरबाट पठाइसकेको छ।
कोरोना महामारीको दोस्रो लहर डरलाग्दो तरीकाले जिल्लामा संक्रमण फैलिन लागेको र संक्रमितको स्वाबहरु जिल्ला बाहिरका जिल्लामा लिएर परिक्षण गर्नुपर्ने बाध्यता रहेकोले रिपोटआउनमा ढीलाइ हुने गरेको थियो अब जिल्लामानै मेसिन आएमा चाँडो हुने कुरा स्थानीय बलबहादुर रोेकायाले बताएका छन् ।

यस्तो महामारीकोअबस्थामा बाजुरा जस्तो  पछाडी परेको जिल्लामा पिसिआर मेसिन जिल्लामा जडान हुने भएमा बाजुरेलीबासीको स्वाथ्यमा मध्यनजर राखेर यसरीनै स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएकोमा साँसद थापालाई जिल्ला बासी धन्यबाद ब्यक्त गरेका छन् ।

हाल एन्टीजेनकिट बिधिबाट कोरोना चेक गर्दा ५ दिन भित्र ५३ जनामा कोरोना पोजेटीभ देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्