बेदकोटद्धारा महाकाली अस्पताललाई स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि १० लाख सहयोग

कञ्चनपुर –कञ्चनपुरको महाकाली अस्पताललाई बेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ । अक्सिजनको सहज आपूर्तीका लागि वेदकोट नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ को रोकथाम नियन्त्रण र उपचारका लागि महाकाली अस्पतालको अक्सिजन ग्यासको व्यवस्थापन, आई.सि.यु, भेन्टेलेटर, पीसीआर ल्याब संचालन र बिरामी उपचारका लागि औषधी तथा स्वास्थ सामाग्री व्यवस्थापन गर्न नगरपालिकाले अस्पताललाई सहयोग गर्नुभएको हो ।

आइतबार अस्पतालमै पुगेर नगर प्रमुख अशोक कुमार चन्दले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी र अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।

एक साता अघि नगरपालिकाले कोभिड–१९ तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको थियो । बेदकोट नगर कार्यपालिका र बेदकोट नगरपालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बेदकोट नगर उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका प्रमुखहरुको उपस्थिति सहितको बैठकले कोभिड -१९ को रोकथाम नियन्त्रण र उपचारका लागि महाकाली अस्पतालको अक्सिजन ग्यासको व्यवस्थापन, आई.सि.यु, भेन्टेलेटर, पीसीआर ल्याब संचालन र बिरामी उपचारका लागि औषधी तथा स्वास्थ सामाग्री व्यवस्थापन गर्न बेदकोट नगरपालिकाको कोभिड १९ कोरोना कोषबाट रु दस लाख महाकाली अस्पताललाई आर्थिक सहयोग अनुदान दिने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्