आइपिएल : चेन्नई सुपर किङ्ग्सलाई पराजित गर्दै मुम्बई बिजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा चेन्नई सुपर किङ्ग्स पराजित भएको छ । मुम्बई इन्डियन्सविरुद्धको खेलमामा २१९ रनको विशाल लक्ष्य दिएको चेन्नईले पराजय भोग्नुपरेको हो ।
टस जितेर मुम्बईले पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २१८ रन बनाएको थियो । तर मुम्बईले खेललाई अन्तिम बलसम्मै लम्ब्याउँदै चार विकेटको जित हासिल गरेको हो ।

२१९ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि किरन पोलार्डले शानदार ब्याटिङ गर्दै ८७ रन बनाए । उनले ३४ बलमा ६ चौका र ८ छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । यस्तै कप्तान रोहित शर्माले ३५, क्विन्टन डिककले ३८, क्रुनाल पाण्ड्याले ३२ रन बनाए ।
चेन्नइका साम करनले चार ओभरमा ३४ रन दिएर तीन विकेट लिए । यस्तै शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक÷एक विकेट लिए । यसअघि चेन्नईका लागि अम्बाती रायडुले विस्फोटक ब्याटिङ गर्दै २७ बलमै ७२ रन बनाएका थिए । उनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मोइन अलीले ५८ र फाफ डुप्लेसिसले ५० रन बनाए ।
मुम्बईका लागि जसप्रित बुमराह निकै महँगा बलर साबित भए । उनले चार ओभरमा ५६ रन दिएर एक विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले चार ओभरमा ४२ रन दिएर एक विकेट लिए भने किरन पोलार्डले दुई ओभरमा १२ रन दिएर दुई विकेट लिए ।

पराजयका बाबजुद चेन्नई अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै मुम्बई चौथो नम्बरमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्