हवाई उडानको भाडादर ओरालो, धनगढी-काठमाडौँ २३००, भद्रपुर–काठमाडौँ १३९५

काठमाडौँ– हवाई उडानको भाडादर ओरालो लागेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च बिन्दुमा पुगिरहेको बेला राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । कोरोनाको सङ्क्रमणको त्रास बढेका कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ ।
जसमा धनगढीबाट काठमाडौँ आउने यात्रुको लागि भाडादर २३०० कायम गरेको छ भने भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ ।

कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडानसमेत कटौती गर्न थालेका छन् । शुक्रबारदेखि भद्रपुर–काठमाडौँ रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौती गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौती गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्