थप ५ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौँ – कोरोनाको जोखिम बढेपछि थप ५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जाजरकोट, रुकुम पश्‍चिम, डडेल्धुरा र झापाले आइतबारदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेका हुन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले मार्मा र व्यास गाउँपालिकाका केही स्थान, शैल्यशिखर नगरपालिकाका वडा नं १, २, ३, ५, ६ र ९ का क्रमश बलाँच, डेथला, कर्कले, महाकाली राजमार्ग र गोकुलेश्वर बजार क्षेत्रका साथै वडा नं ९ कै कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

दार्चुलामा अर्को आदेश नभएसम्मका लागि र जाजरकोटमा शनिबार १८ देखि २५ गतेसम्म, रुकुम पश्‍चिममा आइतबारदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । झापाको हकमा सवारी साधन जोरबिजोर प्रणाली अनुसार चलाउन पाइने छ ।

यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, कैलाली, पर्सा, दाङ, कञ्‍चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा जिल्लाभर र बागलुङ, कालीकोट, बर्दियाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्