आइपिएल : बेंग्लोरलाइ ३४ रनले पराजित गर्दै पञ्जाव विजयी

ईन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा पञ्जाव किङ्गस् विजयी भएको छ । रोयल च्यालेन्जर बेंग्लोरलाई ३४ रनले पराजित गर्दै पञ्जाव किङ्ग्सले सहज जित हासिल गरेको छ ।

टस जितेर पहिला फिल्डिङ रोजेको बेंग्लोरमाथि पञ्जावले १ सय ८० रनको लक्ष्य राखेको थियो । जसमा कप्तान केएल राहुलले ५७ बलमै ९१ रन बनाए । यस्तै क्रिस गेलले २४ बलमा ४६ हरप्रित ब्रारले २५ रन बनाए ।
जितसँगै पञ्जावले अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं नम्बरमा पुगेको छ । बेंग्लोर भने तेस्रो स्थानमा कायम छ । सात खेल खेलिसकेको बेंग्लोरको यो दोस्रो पराजय हो भने समान खेलमा पञ्जावको भने यो तेस्रो जित हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्