अन्तर्राष्ट्रिय र आन्तरिक हवाइ उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस

FILE PHOTO

काठमाडौँ – ककोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
सीसीएमसीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि र यसलाई थप फैलिनबाट रोक्नका लागि थप कदम चाल्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्ने र कटौती गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । खासगरी अन्तर्राष्ट्रिय उडान, जोखिम भएका मुलुकहरूबाट अहिलेलाई उडान रोक्ने र आन्तरिक उडानहरूलाई पनि कटौती गर्ने र रोक्ने सिफारिस भएको छ ।’
सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जानेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्