सुन र चाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार तोलामा एक हजार एक सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार एक सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यता, तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला अधिकतम एक हजार एक सय रुपैयाँले सुनको मूल्य घटेका बेला यता चाँदीको मूल्यमा गिरावट आएको छ ।

महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले गिरावट आएर एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्