प्रभु बैंकको खुद नाफा २ अर्ब भन्दा बढी

काठमाडौँ – प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी सामान्य बढे पनि फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्