बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु, बाँकेमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

File Photo
File Photo

बाँके – पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको शुक्रबार साँझ ६ः१५ बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज–५ का ८६ वर्षीय पुरुषको साँझ ७ बजे र नेपालगन्ज त्रिभुवन चोक ठेगाना भएका ३५ वर्षीय पुरुषको गएराति ९ः२३ बजे मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज–१० की ६१ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्