आज पनि देशका केहि स्थानमा हावाहुरी सहित पानी पर्ने

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि–मनसुन चलिरहेकाले शनिबार बेलुकीपख काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानीपर्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकाका केही स्थानमा पनि बेलुकीपख क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पानी परेको महाशाखाले जनाएको छ ।

भोलि वैशाख १२ गते आइतबार देशका अधिकांश भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्