एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई

काठमाडौं – नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह–इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड–माधव समूह छाडेर केपी ओली पक्षमा लागेका थिए । यसअघि कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्