मानिस मानिस बिचको भेदभाव विरुद्धको अभियानलाई साकार पार्न इन्द्र कालिकोटेको भूमिका

कानुनी शासन लोकतन्त्र र प्रजातन्त्रको प्रत्याभूतिका लागि न्यायप्रेमी नेपाली जनताको अभिमत मानिस मानिस बिचको भेदभाव विरुद्धको अभियानलाई साकार पार्न विभेद अन्त्य राष्ट्रिय अभियान संयोजक इन्द्र बहादुर कालिकोटे लागिपरेका छन् ।
उहाँले विभेद रहित समाज र देश निर्माण, विकास र समृद्धि खानी खोज तलास, जडीबुटी संरक्षण एवं प्रशोधन गर्न कुविचार कुसंस्कार अन्त्य गरि मानिस मानिस बिच सदभाव र सदाचार कायम गरी देशलाई नयाँ दिशा देखाउने अभियान भएको बताएका छन् । यस्तै मानव मानव विच हुने विभेद, छुवाछुत र भेदलाई अन्त्य गरी मानिस मानिस एक हो भन्ने प्रत्याभूति गराउन अभियान सञ्चालन गर्नुभएको हो ।
महिला, पुरुष र तेस्रो लिंगी गरि पहिचान खुलाउने गरी नागरिकता वितरण गर्ने नजिरको निर्माण गर्ने तथा अपांग, महिला कोटा भने कायम राख्ने तर दलित, आदिवासी, जनजाती, मुस्लीम, मधेशी कुनै पनि नभई सबै मानिस र जुन देशमा बसेको हो सो देशको नागरिक हुनुपर्ने अभियानको परिकल्पना रहेको छ ।
आयोग गठन अहिले डलर कमाउन खोलिएको सबै आयोग जस्तै दलित आयोग र अन्य सबै आयोग खारेज गर्ने र अन्य आयोगमा जडीबुटी प्रशोधन तथा संरक्षण आयोग हुनपर्ने र त्यस आयोगले गर्ने काम जडिबुटी अन्य देशमा विक्रि नगरी आफ्नै देशमा प्रशोधन गर्न आफ्नै देशको नागरिकलाई सक्षम बनाई अनुसन्धान गरी औषधी उत्पादन गर्ने अभियानको मुख्य परिकल्पना भएको समेत प्रष्ट पार्नुभयो । अन्य आयोगमा खानीहरुको खोजी र अनुसन्धान विज्ञ आयोग सम्म पनि उसैगरी सुन खानी, पित्तल खानी, तामाखानी, फलाम खानी, युरेनियम आदीको खोजी गर्न लाग्नुपर्ने समेत अभियान्त कालिकोटेले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्