कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द ?

काठमाडौं – काठमाडौं उपत्यकास्थित तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले कोरोना रोकथामका लागि उपत्यकाका शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा सरकारी तथा निजी शैक्षिक संस्था बन्द गर्नु आफूहरुले सुझाव दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकमा तीन जिल्लाका सिडिओसहित सुरक्षा निकायका पदाधिकारी पनि सहभागी थिए । उनका अनुसार भीडभाड हुने अन्य क्षेत्र र होटल–रेस्टुरेटलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि तीन जिल्लाका सिडिओ सुझाव थियो ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न र मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै डान्सबार र दोहोरी साँझ अहिले बन्द गर्न सिफारिस गरेको थियो ।

रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्