दार्चुला–तिङ्कर सडकको तीन मन्त्रीद्वारा हवाई निरीक्षण

तस्विर : गाेरखापत्र

दार्चुला – नेपाल सरकारका तीन जना मन्त्रीले दार्चुला–तिङ्कर सडकको कार्यप्रगतिबारे हवाइ निरीक्षण गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नासहित राजनीतिक, प्रशासनिक र प्राविधिक व्याक्तिहरुको टोलीले आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला–तिङ्कर सडकको निरीक्षण गरेका हुन् ।

सडक निरिक्षण पश्चात अन्तरक्रिया कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले अगामी आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर द्रुत गतिमा तिङ्करसम्म सडक निर्माण गरिने बताए । महाकाली करिडोर अन्तरगत तिङ्कर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको स्मरण गराउदै मन्त्री नेम्वाङले घाँटीबगरदेखि तिङ्करम्म सडक निर्माण गर्ने विषयमा सेनासंग बसेर योजना बनाइएको बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले दार्चुला–तिङ्कर सडकलाई रणनीतिक महत्तको सडकको रुपमा निर्माण गर्ने योजनाका साथ आफुहरु निरीक्षणमा आएको बताए । कैलास मानसरोबर जोड्ने छोटो दुरीको यो सडक धार्मिक पर्यटकिय दृष्टिकोणका साथै अन्तरराष्ट्रिय व्यापारिक महत्वका हिसाबले समेत प्रचुर सम्भावनायुक्त सडकका रुपमा रहेको मन्त्री ठगुन्नाको भनाई थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्