बाजुरामा बाह्रौँ राष्ट्रपति रनिङ सिल्ड सुरु

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सूरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आइतबार सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माध्यामिक विद्यालयकाे फिल्डमा १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सूरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबारबाट सुरु भएको १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको उद्धघाटन जिल्ला समन्व समितीका प्रमुख नरेन्द्र कुमार रोकायाले गर्नुभएकाे थियाे भने बिशिष्ट अतिथि बडिमालिका नगरपालिकाका उपप्रमुख कबिता बिष्ट रहनु भएकाे छ । अध्यक्षता भने खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवाल रहनुभएकाे छ ।
उक्त प्रतियोगितामा जिल्लाभरिकाका ९ वटै स्थानीय तहबाट नभई ६ वटा स्थानीय तहको मात्र सहभागिता रहेको छ । यस अघि प्रत्येक पालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागि भई प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका विद्यालयहरुलाई मात्र १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा समावेश गराएको आयोजकले बताएका छन ।
१२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा भलिबल,एथलेटिक्स, मार्सल आर्र्ट लगायतका खेलका विभिन्न बिधामा खेलाडिहरुलाई प्रतिस्पर्धा गराईने भएको छ ।
जिल्ला खेलकुद प्रतियोगिता तिन दिन सम्म सञ्चालन हुने भएको छ ।
यो प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले प्रदेश स्तरिय प्रतियोगितामा खेल खेल्न पाउने जिल्ला खेल्कुद विकास समिति बाजुराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्