विप्लव र प्रधानमन्त्री ओलीबीच भेट, यी विषयमा भयो छलफल !!

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित आइतबार चन्दले ओलीलाई भेटेका हुन् ।

भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने जवाफ विप्लवलाई दिएको स्रोतको भनाइ छ ।

भेटमा प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै विप्लवले यसअघि ९ चैतमा पनि प्रधानमन्त्री ओलीलाई भेटेर गुनासो गरेका थिए ।

विप्लव समूहका १२३ जना नेता, कार्यकर्ता अझै कारागारमा छन् । अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटेका छन् ।

विप्लव समूह र सरकारबीच २० फागुनमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्