अटाे पल्टीदा प्रधानाध्यापक सहित तीनजना घाईते

देबराज पाध्याय- बाजुरा
सदरमुकाम मार्तडी बाट राप्क गइरहेको अटो सदरमुकाम मार्तडीको सुवाकाधभन्ने ठांउमा दुर्घटना हुदा ३ जना घाइते भएका छन् भने एकजना गम्भिर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
लु २ च ०२४७ नम्बरको अटो दुर्घटनामा परि बडीमालिका ७ जिल्ली का ३८ बर्षका मान बहादुर धामी गम्भिर घाइते भएका छन् । त्यस्तै १८ बर्षिय बिमला कार्की र ११ बर्षका बिक्रम कार्की सामान्य घाइते रहेका छन् । घाईते तीनैजनालाई जिल्ला अस्पताल बाजुरामा उपचार गरिएकाे छ । गम्भिर घाइते मान बहादुरको टाउको र खुुट्टामा गम्भिर चोट लागेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । धामी मष्टेश्वरी आधारभुत प्रा बि का प्रअ समेत रहेका छन् ।उनी स्कुल जानेक्रममा दुर्घटना भएकाे हाे दुर्घघटना  कसरी भयाे थाहा भएकाे छैन ।
अटोमा चालक सहित चार जना सवार रहेका थिए । अटो चालक खेमराज पाध्याय लाई प्रहरीले नियन्त्रणमा लिएका छन् । चालकको अनुमतिपत्र लाईसेन्स नरहेको पाईएको छ । गम्भिर घाइते शिक्षक मान बहादुर धामिलाई जिल्ला अस्पताल बाजुराबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्