नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे अधिबेशन सम्पन्न

बाजुरा – बाजुरा जिल्लामा नेपाल पत्रकारमहासंघ बाजुरा शाखाकाे अधिबेसन सम्पन्न भएकाे छ । प्रेसचाैतारी नेपाल ‌ओली समुह र प्रेस युनियनकाे साटकाटमा रहेकाे संयुक्त प्यानल बिजय भएकाे निर्बाचन अधिकृतले जनाएकाे छ ।

बिजय हुनेमा अध्यक्षमा छक्क बहादुर मल्ल, बरिष्ठ उपाध्यक्षमा पदम ब सिंह, उपाध्यक्षमा संगिता तिमिल्सिना, सचिबमा नन्दा थापा, सहसचिबमा गंगराज पण्डित विजयी भएका छन् । खुला महिला सदस्य सरिता नेपाली,खुला महिला सदस्य भुबनेश्वरी शाही र सदस्यमा देबराज पाध्याय, प्रशान्त जाेशी, प्रमित बि क, मान ब ऐडी, ईश्वर नाथ, राम ब बिक निर्बाचित भएको मतदान अधिकृत मदनराज जैशीले बताएका छन् ।

जसमा अध्यक्ष, उपाध्यक्ष, काेषाध्यक्ष र ३ जना सदस्यमा प्रेस युनियनकाे भागमा रहेका छन् भने बरिष्ठ उपाध्यक्ष, सचिब,सहसचिब, खुला सचिब, दलित महिला सदस्य र ३ जना सदस्य प्रेस चाैतारी नेपाल ओली समुहकाे भागमा परेका छ । जम्मा १०८ जना सदस्य रहेकाे शाखामा ९८ मत खसेकाे थियाे । जसमा अध्यक्ष छक्क बहादुर मल्लकाे ५३ मत खसेकाे छ भने उनका प्रत्यासि प्रेम ब बिक ले ४४ मत ल्याएका छन् । बरिष्ठ उपाध्यक्ष लगाएत ३ जना निर्बिराेध भएका थिय मत परिणाम २०७७ चैत्र २६ गते घाेषणा भएकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्