नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी

नेपाल पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा कृष्णसिँह धामी विजयी भएका छन् । अन्य पदहरुमा पनि धामी प्यानलका विजयी भएका छन् । जसमा उपाध्यक्षमा सन्तोषसिँह कोट्टारी, महिला उपाध्यक्षमा बिमला भजेल धामी, सचिवमा गगन सिँह विष्ट विजयी भएका छन् । यस्तै सह–सचिवमा लोकेन्द्रप्रसाद जोशी, सह–सचिव समावेशी अन्र्तगत इश्वरी बुढाथोकी र कोषाध्यक्षमा रामसिँह धामी विजयी भएका हुन् । यस्तै सदस्यहरुमा रमेशसिँह खत्री, मानसिँह कुवर, उद्धवसिँह धामी, जनकराज भट्ट, श्यामसिँह सामन्त, निरज सिँह धामी र पुष्कर राम लोहार विजयी भएका हुन ।

जनजाती सदस्य पदका लागि नेपाल प्रेस युनियनका विशन सिंह बुढाथोकी, खुल्ला महिला सदस्य पदका लागि दमन्ती जोशी र दलित सदस्य पदका लागि पुस्करराम लोहारको एकल उम्मेदवारी परे पछि तिनै जना यस अघि नै निर्विरोध निर्वाचित भएका थिए ।

बुधबार भएको निर्वाचनमा दार्चुलाबाट ९८ मतदाता रहेकोमा ९१ मत खसेको थियो । यसैगरी केन्द्र र प्रदेशको मतगणना जारी रहेको छ । केहि बाधा अवरोध नआए आजै बेलुका सम्म मतपरिणाम आउन सक्ने सम्भावना रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्