मालबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ – पाल्पाको तानसेनमा मालबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कुखुरा बोकेको उक्त जीप गए राति करिब १२ः२० बजे तानसेन नगरपालिका वडा नम्बर ७ काजिपौवामा दुर्घटनामा परेको थियो ।

प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार लु २ च ६३२ नम्बरको जिप तानसेनतर्फ जाँदै गर्दा कच्ची सडकबाट करिब २० मिटर तल खसेको हो ।

दुर्घटनामा परेर जिपका चालक पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको उनले बताए ।

गम्भीर घाइते भएका उनीहरूलाई यूनाइटेड मिसन अस्पताल पाल्पा लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्