गोकुलेश्वर-चाैपाता सडकखण्डमा टेक्टरबाट खसेर लेकम-६ का अशोक खत्रीको घटना स्थलमै मृत्यु

दार्चुला । दार्चुलामा टेक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट रिठाचौँपातातर्फ जादैँ गरेको टेक्टरबाट खसेर लेकम गाउँपालिका वडा नम्बर ६ का ३० बर्षीय अशोक खत्रीको घटना स्थलमै मृत्यु भएको हाे ।

गोकुलेश्वरमा लागेको शिवरात्री मेलाबाट घर फर्कने क्रममा सु.प्र.प्र. ०१००२ त ४८३५ नम्बर को टेक्टरबाट खसेर लेकम गाउँपालिका वडा नम्बर ६ गणेँतमा खत्रीको मृत्यु भएको हाे ।

केही दिन अघि मात्रै सोही सडक खण्डको उचाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्