दार्चुलाको गोकुलेश्वरमा शिवरात्रि मेलाको तयारी अन्तिम चरणमा, बिहीबार भव्य मेला लाग्ने

दार्चुला – गोकुलेश्वरमा विहिबार देखि लाग्ने शिवरात्रि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शैल्यशिखर नगरपालिकाको वडा नं. ९ गोकुलेश्वर बजारमा लाग्ने मेलाकोे तयारी अन्तिम चरणमा पुगेको हो ।

शैल्यशिखर नगरपालिकाको वडा नं. ९ जगतपुरीधाममा महाशिवरात्रिको अवसरमा विशेष पुजाअजा हुने गर्दछ । शिवजीको दोस्रो ज्योतिर्लिङ्गको रूपमा पुजिने भगवान मालिकार्जुनको पौडिका रूपमा चमेलिया नदिको तटमा नुहाएर श्रद्धालु भक्तजनहरू शिवालयमा पुजाआजा गर्ने गर्दछन् ।

मालिकार्जुनको पौडिमा नुहाएर पुजाआजा गरे हरिद्वार गए जत्तिकै पुण्य मिल्ने जनविश्वास् रहिआएको छ । प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा गोकुलेश्वर बजारमा व्यापार मेला लाग्ने गर्दछ । मेलामा मार्माली मट्टा, सुपा देखि व्यासी चुट्काहरूको व्यापार हुने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्