बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न छाडे

रसुवाको खेतीयोग्य जमिनमा बँदेल र बाँदर आतङ्कका कारण किसानले खेतीपाती गर्न छाडेका छन् । अहिले बाँदर र बँदेलकै कारण खेतीपाती गर्नेको कृषकको सङ्ख्या घटिरहेको छ । कालीका गाउँपालिका वडा नम्बर ३ का कृषक खेमराज न्यौपानेले बाँदरका कारण हिउँदे, वर्षे बाली भित्र्याउन नसकेर समस्या हुने गरेको बताए ।

बाँदर खेद्न प्रत्येक घरबाट एक जना हेरालु ९बाँदर धपाउन बस्ने व्यक्ति०को व्यवस्था मिलाएर पहिले खेद्ने गरे पनि अहिले हेरालुको अभावसँगै बाँदरले पनि नटेर्ने गरेको न्यौपानेले बताए । हिमाली क्षेत्रमा बँदेल र तल्लो क्षेत्रमा बाँदरले समस्या पार्ने गरेको छ । जिल्लाको उत्तरगया, कालीका गाउँपालिकामा बाँदर आतङ्क बढ्दै गएको छ । हिउँदमा अन्न भण्डार गरेकै घरमा पुग्ने र वर्षात्मा खेतबारीमा पुगेर सखाप पार्ने गरेपछि खेतीयोग्य जमिन बाँझै हुन थालेको छ । सामुदायिक वन संरक्षण गर्न थालेपछि बाँदरको सङ्ख्या बढ्दै गएको हो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्