काँग्रेस र जसपासँग छलफल गरेर मात्र अविश्वास प्रस्ताव आउँछ : नेता नेपाल

FILE PHOTO

बिराटनगर- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवम् भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सरसल्लाह गरेर मात्र प्रधानमन्त्रीविरुद्द अविश्वास प्रस्ताव ल्याउने बताउनु भएको छ ।

प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले संसद विघटनविरुद्ध आन्दोलनरत पार्टीहरु एक ठाँउमा उभिएर संयुक्त सरकार गठन गर्ने आफ्नो धारणा सुनाउनुभयो ।

उहाँले प्रधानमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव ल्याउने बारे विभिन्न राजनीतिक पार्टीबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

नेता नेपालले निर्वाचन आयोगका कारण अहिले अन्यौल रहेकाले छिटो भन्दा छिटो नेकपाको विवाद टुङ्ग्याउन आग्रह  पनि गर्नुभयो ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्