मृतक गोपाल बोहराको परिवारको लागि दिल्लीमा सहयोग रकम संकलन गर्दै युवा समाजसेवी बाशुदेव मिश्र

दार्चुलाको लेकम गाउँपालिका वडा नंं. ५ बस्ने गोपालसिँह बोहराको अल्पायुमै मृत्यु भएको खबरले यति बेला सिंगो गाउँ नै शोकमग्न भएको छ । केहि बर्ष अगाडी बुवा समेत गुमाएका एकमात्र छोराको निधनले सिँगो गाउँ नै शोकमग्न भएको छ । उनका बुवाले कामको सिलसिलामा भारतमा ज्यान गुमाएका थिए ।
१७ बर्षको कलिलो उमेरमा केहि दिन अगाडी गोपालको निधनले परिवार नै खाली भएको आभास उनको परिवारमा भएको छ । एक मात्र छोराको आशय लिएर बसेकी उनकी आमाको अहिले दिन पनि अन्धकार भएको छ । ब्रतबन्ध समेत गरिसकेको मृतक गोपालको काजक्रिया उनका काकाले गरिरहेका छन् । पारिवारिक अवस्था समेत एकदम नाजुक रहेको उनको घरपरिवारलाई सहयोग गर्न यतिबेला समाजसेवीहरु कटिबद्ध रहेका छन् ।
यसैकुरालाई मध्यनजर गर्दै विगत लामो समयदेखि भारतको नयाँ दिल्लीमा काम गर्दै आइरहेका युवा तथा लेकम गाउँपालिका वडा नं. ६ मेल्लाउँ सैना तथा हालको स्थायी बसोबास कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ फुलेली बस्ने युवा समाजसेवी बासुदेव मिश्रले भारतमा सहयोग रकम संकलन गरिरहनुभएको छ ।
आफुबाट सुरु गरेको उक्त अभियानमा भारतका व्यापारीहरु र आफुले गरेको सहयोग समेत गरेर अहिलेसम्म भारतीय रुपिया ८ हजार ५ संकलन भएको युवा समाजसेवी मिश्रले बताएका छन् । मृतक बोहराको परिवारलाई सहयोग गर्न इच्छुक सबैले आर्थिक सहयोग गर्न सक्नेछन् । संकलन पश्चात नामावली सहित उक्त सहयोग रकम सकेसम्म आफु स्व्यम उपस्थित भएर नभए अन्य व्यक्तिमार्फत मृतक बोहराको परिवारलाई हस्तातरण गर्ने रकम संकलनका अभियान्ता बाशुदेव मिश्रले बताएका छन् ।
भारतमा रहेको व्यक्तिले आर्थिक सहयोग गर्न इच्छुक भए आफ्नो फेसबुक आइडी तथा भारतीय नम्बर ७२९०९११००९ मा सम्पर्क गरेर समेत सहयोग रकम दिन सकिने छ ।
नेपालमा पनि उनकै छिमेकी दाई लोकेन्द्र बोहराले पनि सहयोग रकम संकलन गर्दै आइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्