हेलम्बुको नमुना विद्यालयमा मेलम्ची र हेलम्बुको शिक्षक संघको बनभोज सहित शैक्षिक कार्यक्रम हुँदै

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको शिक्षक संघले बनभोज सहित शैक्षिक कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको हेलम्बु मोडेल विद्यालयमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । कार्यक्रममा अध्यक्ष शेर्पा पनि सहभागि हुने हुुनेछन् । बनभोज सहित शैक्षिक कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रगतिबारे जानकारी दिनेछन् ।

यस कार्यक्रमबाट शिक्षकहरुले हेलम्बुको शैक्षिक नमुना योजनाकोबारेमा सिक्ने अवसर प्राप्त हुने अध्यक्ष शेर्पाको विश्वास छ । हेलम्बुले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढेको छ ।

हेलम्बु गाउँपालिकाले नमुना विद्यालयको निर्मााण गरि शिक्षा क्षेत्रमा नौलो अभ्यास गरेको छ । आगामी शैक्षिकसत्रबाट नमुना विद्यालयमा पढाई सुरु गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्