दर्शकहरुको रोजाइमा सौगात ओझाको ‘यस्तै छ प्रेम कहानी’ गीत (भिडियो सहित)

काठमाडाैँ – यस्तै छ प्रेम कहानी गीतको भिडियो सार्वजनिक भएको छ । सौगात ओझा र तारा क्षेत्रीको स्वरमा रहेको उक्त गीतको भिडियो सौगात ओझाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । “तम्रा बड्डाले छोड्यो, मेरी बड्डीले छोड्यो” नाममा युट्युबमा रहेको उक्त भिडियोलाई दर्शकहरुले अत्यधिक रुचाएका छन् ।
कुसुम स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा शब्द संगीत पनि सौगात ओझाको रहेको भने राजु सनामले एरेन्ज गर्नभएको छ । भिडियोको निर्देशन सौगात ओझाले गर्नुभएको छ । छायांकन अमित बिक र हिक्मत पाठकले गर्नुभएको छ भने सम्पादन अनुप बिकले गर्नुभएको छ । श्रीराम फिल्मस् धनगढीले दृश्य निर्माण गरेको उक्त भिडियोमा अभिनय सौगात ओझा, झरना बोहरा, नृप बोहरा, ज्योती धामी र सुरेन्द्र संगमले गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्