भूमि आयोग दार्चुलाको अध्यक्षमा नेकपा नेता रामदत्त जोशी नियुक्त

काठमाडाैँ – भूमि आयोग दार्चुलाको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता रामदत्त जोशी नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सुकुमबासी आयोग दार्चुलाको अध्यक्षमा जोशीलाई नियुक्त गरेको छ ।
तत्कालीन नेकपा एमाले दार्चुलाका अध्यक्ष रहनुभएका जोशी हाल नेकपा केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य हुनुहुन्छ ।
यसअघि भूमि आयोगको अध्यक्षमा नेकपा नेता ज्ञानेन्द्र घर्ती बनाउने चर्चा थियो । घर्ती प्रचण्ड–माधव समूहमा आवद्ध हुनुहुन्छ ।
यस्तै आयोगको विज्ञ सदस्यमा शैल्यशिखर नगरपालिका १ का नेकपा नेतृी लक्ष्मी कुमारी लोहार र सदस्यमा खिमानन्द भट्ट चयन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्